काठमाडौं । दैलेखको आठविस नगरपालिकाका तपेन्द्र शाही राउटे युवतीमाथि दुर्व्यवहार गरेको आरोपमा पक्राउ परेका छन्। केही दिनअघि ट्रकमा चार राउटे युवतीलाई राखेर दुर्व्यवहार गरिएको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएको थियो।
उक्त भिडियोको आधारमा प्रहरीले खोजी गर्दै उनलाई आज टुनिवगरबाट पक्राउ गरेको हो। थप अनुसन्धानका लागि उनलाई सुर्खेत पठाइने प्रहरीले जनाएको छ।
भिडियोमा तपेन्द्रले युवतीहरूसँग असहज व्यवहार गर्दै गरेको देखिन्छ। घटनाले राउटे समुदायका महिलाको सुरक्षाप्रति चिन्ता बढाएको छ।
प्रकाशित मिति : २०८२ जेष्ठ १८ गते शनिवार

