काठमाडौं । काठमाडौंको गोकर्णेश्वर नगरपालिका–५ नयाँबस्तीबाट प्रहरीले लागूऔषध सहित एक युवकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा सोही वडाको जोरपाटी बसोबास गर्दै आएका, सिन्धुपाल्चोकको ईन्द्रावती गाउँपालिका–१ घर भएका २५ वर्षीय मिङ्मा बम्जन छन्।
शुक्रबार साँझ प्रहरी बिट नयाँबस्तीबाट खटिएको टोलीले उनलाई नियन्त्रणमा लिएको हो। बम्जनको साथबाट फेनारगन ५२ एम्पुल, नोर्फिन ५२ एम्पुल, डाइजेपाम ३४ एम्पुल र नगद ११ हजार रुपैयाँ बरामद गरिएको प्रहरीले जनाएको छ।
प्रकाशित मिति : २०८२ जेष्ठ १८ गते शनिवार

