२०८३ बैशाख १८ गते शुक्रवार | 2026 May 1st Friday

पाकिस्तानको ड्रोन आक्रमणपछि भारतले थाल्यो जवाफी भीषण कारबाही

India Launches Fierce Retaliatory Action After Pakistan's Drone Attack

नयाँ दिल्ली । अप्रेशन सिंदूर पछि पाकिस्तानले भारतमाथी जवाफी आक्रमण सुरु गरेको छ । पाकिस्तानले भारतका १५ वटा शहरमा आक्रमण गरिरहेको छ । आत्माघाती ड्रोन र सैन्य लडाकु विमानबाट पाकिस्तानले भारतमाथी आक्रमण गरिरहेको छ ।

आक्रमणमा प्रयोग भएका ड्रोन र लडाकु विमानलाई भारतको एस–४०० एयर डिफेन्स सिस्टमले ध्वस्त पारिरहेको भारतको दाबी छ । सथै जवाफ स्वरूप भारतले ड्रोनमार्फत लाहौरमा पाकिस्तानको एयर डिफेन्स सिस्टमलाई नै ध्वस्त पारेको बताइएको छ ।

परराष्ट्र मन्त्रालयले पत्रकार सम्मेलन गरेर यसको जानकारी दिएको हो। परराष्ट्र सचिव विक्रम मिस्रीले भने, “पाकिस्तानी मन्त्रीहरू आतङ्ककारीसँग जोडिएका छन्। पाकिस्तानको हरेक आक्रमणको जवाफ दिन भारत तयार छ।”

यसै विषयमा भर्खरै केन्द्र सरकारले सर्वदलीय बैठक पनि गरेको छ। बैठकपछि पाकिस्तानले निहुँ खोजे गतिलो जवाफ दिने निर्णय गरेको छ । पाकिस्तानको आक्रमणपछि अहिले भारतलेपनि जवाफी आक्रमण सुरु गरेको छ ।

 

प्रकाशित मिति : २०८२ बैशाख २५ गते बिहिवार
प्रतिक्रिया दिनुहोस