२०८३ बैशाख १८ गते शुक्रवार | 2026 May 1st Friday

पाकिस्तानले भारतमा थाल्यो ड्रोन हमला, भारतले लडाकु विमान F-16 खसाल्यो

Pakistan Launches Drone Attacks on India, Indian Forces Shoot Down F-16 Fighter Jet

काठमाडौं । अन्ततः अहिले रातिबात भारत र पाकिस्तान दोहोरो युद्धमा होमिएका छन् । पाकिस्तानले जम्मू र पठानकोटमा आत्मघाती ड्रोनहरु खसालिरहेको छ। पाकिस्तानी ड्रोनहरूले जम्मू विमानस्थल र पठानकोट वायुसैनिक अड्डालाई लक्षित गरेको देखिन्छ । यद्यपी भारतीय मिसाइल रक्षा प्रणालीले ती सबै ड्रोनहरूलाई निस्तेज पारिरहेको दाबी गरिएको छ ।

यहीबीच जम्मूमा राति ८ बजेदेखि ब्ल्याकआउट गरिएको छ। पाकिस्तानतर्फबाट आरएसपुरा सेक्टरमा भारी गोलीबारी भइरहेको छ। स्थानीय बासिन्दाहरूले धेरै ठाउँमा ठूलो विस्फोटको आवाज सुनेको बताएका छन्।

राजस्थानको जैसलमेरमा पनि पाकिस्तानले ड्रोन हमला गरेको छ। जम्मू नजिकै पाकिस्तानको F-16 लडाकु विमानबाट हमला सुरु गरेको थियो । भारतले यो फाइटर विमानपनि खसालेको दाबी गरेको छ । राजस्थानका सबै सीमावर्ती जिल्लाहरूमा ब्ल्याकआउट गरिएको छ। पञ्जाब, जम्मू–कश्मीर र राजस्थानमा उच्च सतर्कता अपनाइएको छ ।

 

प्रकाशित मिति : २०८२ बैशाख २५ गते बिहिवार
प्रतिक्रिया दिनुहोस