२०८३ भाद्र १० गते बुधवार | 2026 August 26th Wednesday

मोरङमा ग्रील सञ्चालकले जिस्किँदा-जिस्किदै काटिदिए बालकको लिङ्ग

www.janaboli.com;

२१ जेठ, विराटनगर । जिस्किदाजिस्किदै मोरङमा एक व्यक्तिले सात वर्षीय बालकको लिङ्ग काटिदिएका छन् ।
मोरङ पथरीशनिश्चरे नगरपालिका–६ का ४८ वर्षीय मही चौधरीले फलाम काट्ने ग्रेन्डरले सोही स्थानका सात वर्षीय बालकको लिङ्ग काटिदिएका हुन् ।
ग्रील पसल सञ्चालन गर्ने महीले पसलमा आएका सोही स्थानका किरण चौधरीका ७ वर्षीय छोरासँग जिस्किने क्रममा लिङ्गको टुप्पोको केही भाग काटिएको थियो ।

घटनापछि बालकलाई उपचारका लागि नोबेल मेडिकल कलेजमा भर्ना गरिएको छ । प्रहरीका अनुसार मही चौधरीले नै बालकलाई उपचारका लागि अस्पताल लगेका हुन् । बालकको अवस्था सामान्य रहेको चिकित्सकलाई उद्धृत गर्दै मोरङ प्रहरी प्रवक्ता डिएसपी बेदप्रकाश जोशीले जानकारी दिए ।

प्रकाशित मिति : २०८२ जेष्ठ २२ गते बुधवार
प्रतिक्रिया दिनुहोस