२०८३ भाद्र १० गते बुधवार | 2026 August 26th Wednesday

ह्वात्तै बढेर सुनको मूल्य २ लाख नजिक, तोलाको कतिमा हुँदैछ कारोवार ?

Today Gold price in Nepal

३० जेठ, काठमाडौँ । शुक्रबार नेपाली बजारमा सुनको मूल्य ह्वात्तै बढेको छ । यस दिन सुन प्रतितोला ४ हजार २०० रुपैयाँले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला १ लाख ९७ हजार १०० रुपैयाँ कायम भएको छ । अघिल्लो दिन सुन प्रतितोला १ लाख ९२ हजार ९०० रुपैयाँमा किनबेच भएको थियो ।

यता चाँदीको भाउ पनि तोलामा १५ रुपैयाँले बढेर २ हजार १६५ रुपैयाँ प्रतितोला कायम भएको छ । अघिल्लो दिन चाँदी प्रतितोला २ हजार १५० रुपैयाँका दरले कारोबार भएको थियो ।

प्रकाशित मिति : २०८२ जेष्ठ ३१ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस