२०८३ साउन ११ गते सोमवार | 2026 July 27th Monday

आज बढ्यो सुनको मूल्य, बुधबार प्रतितोला कति ?

Today Gold price in Nepal

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुन तोलामा ९०० रुपैयाँले उकालो लागेको हो ।

नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला एक लाख ९५ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ ।

यता, चाँदी तोलामा ६५ रुपैयाँले बढेर प्रतितोला दुई हजार २२५ रुपैयाँमा खरिदबिक्री भइरहेको छ ।

 

प्रकाशित मिति : २०८२ असार ४ गते बुधवार
प्रतिक्रिया दिनुहोस