२०८२ पुष २७ गते आइतवार | 2026 January 11th Sunday

कैलालीमा घर नजिकै मृत भेटिइन् १९ वर्षीया सुत्केरी, १६ दिनको शिशु सकुशल

Crime murder

धनगढी । कैलालीमा एक सुत्केरी मृत फेला परेकी छन् । जिल्लाको गौरीगंगा नगरपालिका–७ कैलाशपुरमा शुक्रबार बिहान सोही ठाउँ बस्ने १९ वर्षीया तुलसी नाथ मृत फेला परेकी हुन् । उनको १६ दिनको शिशु (छोरा) भने सामान्य अवस्थामै भेटिएका छन् ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) राजकुमार सिंहले घर नजिकै तुलसी नाथ मृत फेला परेको र घटनाबारे अनुसन्धान भइरहेको जानकारी दिए ।

घटनास्थल पुगेका इलाका प्रहरी कार्यालय मालाखेतीका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) रणबहादुर चन्दले मृत भेटिएकी नाथ सुत्केरी अवस्थाकी भएको खुलेको बताए । उनी घरको मूल गेट अगाडिको नालामा मृत भेटिएको बताउँदै घटनास्थल सिल गरेर थप अनुसन्धान अघि बढाइएको जानकारी दिए ।

प्रकाशित मिति : २०८२ असार ६ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस