२०८३ भाद्र ९ गते मङ्गलवार | 2026 August 25th Tuesday

प्रतिनिधिसभा निर्वाचनमा ४.७ प्रतिशत मत बदर

प्रकाश काफ्ले/काठमाडौँ ।  हालै फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा कुल ४.७ प्रतिशत मत बदर भएको निर्वाचन आयोग नेपाल ले जानकारी दिएको छ। आयोगका सहायक प्रवक्ता कुलबहादुर जिसीका अनुसार पहिलो हुने निर्वाचित हुने प्रणाली तथा समानुपातिक प्रणाली दुवै तर्फ हालिएको मतमध्ये उक्त प्रतिशत बदर भएको हो।

आयोगले सार्वजनिक गरेको तथ्यांकअनुसार, विसं २०७९ मङ्सिरमा भएको प्रतिनिधिसभा निर्वाचनमा ५.०६ प्रतिशत मत बदर भएको थियो भने २०७४ सालको निर्वाचनमा ५.१८ प्रतिशत मत अमान्य भएको थियो। त्यसैगरी, विसं २०७० मङ्सिर ४ मा सम्पन्न दोस्रो संविधानसभा निर्वाचनमा ४.९६ प्रतिशत मत बदर भएको थियो। विसं २०६४ चैत २८ मा सम्पन्न पहिलो संविधानसभा निर्वाचनमा भने बदर मतको प्रतिशत ५.१५ रहेको थियो।

निर्वाचन आयोगका अनुसार अघिल्ला पाँच वटा निर्वाचनको तुलनामा यसपटक बदर मतको अनुपात औसतमा केही कम देखिएको छ।

प्रकाशित मिति : २०८२ फाल्गुन ३० गते शनिवार
प्रतिक्रिया दिनुहोस