दोहा । साउदी अरेबियाले कतारको अल–उदीद एयरपोर्टमा भएको इरानी मिसाइल आक्रमणको कडा निन्दा गरेको छ। साउदी विदेश मन्त्रालयले उक्त आक्रमणलाई अन्तर्राष्ट्रिय कानून र छिमेकी राष्ट्रहरूसँगको सम्बन्धको उल्लंघन भएको बताएको छ।
मन्त्रालयले भनेको छ— यो एक गैर–जिम्मेवार कदम हो, जसलाई कुनै पनि परिस्थितिमा सही ठहराउन सकिँदैन। साथै, साउदी अरेबियाले कतारको समर्थनमा उभिने स्पष्ट संकेत दिएको छ।
प्रकाशित मिति : २०८२ असार १० गते मङ्गलवार

