२०८३ भाद्र ११ गते बिहिवार | 2026 August 27th Thursday

यस बर्षको एसईई परीक्षाको नतिजा प्रकाशित, ६१.८१ प्रतिशत ग्रेडेड

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक गरेको छ । शुक्रबार साँझ बसेको बोर्डको बैठकले कक्षा १० को माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक गरेको हो ।

एसईईको नतिजामा ६१.८१ प्रतिशत ग्रेडेड भएको बोर्डले जनाएको छ । गत वर्षको चैत ७ गतेदेखि सुरु भएको एसईईमा ४ लाख ९९ हजार १८३ विद्यार्थी सहभागी भएका थिए। जसमा नियमिततर्फ ४ लाख ३१ हजार ४६६ र ग्रेड वृद्धितर्फ ६७ हजार ७१५ जना थिए।

यसवर्ष एसईईको नतिजा असार ७ गते प्रकाशित हुने भनेर मिति तोकिएको थियो। तर, शिक्षा ऐन जारी गर्नुपर्ने मागसहित शिक्षकहरू काठमाडौँ केन्द्रित आन्दोलनमा उत्रिएपछि कापी जाँच प्रभावित भएको थियो। शिक्षकहरूले कापी जाँचसमेत नगरी आन्दोलन चर्काएका थिए।

लामो आन्दोलनपछि शिक्षक र सरकारबीच सहमति जुटेको थियो। त्यसपछि बल्ल शिक्षकहरू कापी जाँचका लागि तयार भएका थिए।

SEE Results Published – Here’s How to Check Yours

प्रकाशित मिति : २०८२ असार १३ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस