२०८३ भाद्र १० गते बुधवार | 2026 August 26th Wednesday

ढिला गरि निर्धारण भयो सोमबारको सुनको मूल्य, प्रतितोला मूल्य कतिपर्छ ?

Today Gold price in Nepal

१६ असार, काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुनको मूल्य तोलामा ३०० रुपैयाँले घटेर एक लाख ८८ हजार १०० रुपैयाँमा झरेको हो । यता, चाँदीको मूल्य भने तोलामा १० रुपैयाँले बढेर प्रतितोला दुई हजार १५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

यसैबीच, सरकारले आगामी आर्थिक वर्षको बजेटमार्फत सुन र चाँदीको कारोबारमा नयाँ करका प्रावधानहरू ल्याएको छ । बजेटमा सुनमा दुई प्रतिशत विलासिता कर थप गरिएको छ भने गहनामा हिरा वा अन्य बहुमूल्य पत्थर जडान गरिएमा १३ प्रतिशत मूल्य अभिवृद्धि कर लगाउने व्यवस्था गरिएको छ ।

यिनै करको विरोधमा देशभरका सुनचाँदी व्यवसायीहरू आन्दोलित बनेका छन् । उनीहरूले करको पुनरावलोकनको माग गर्दै आन्दोलन सुरु गरेका छन् । यसै आन्दोलनका कारण नेपाल सुनचाँदी व्यवसायी महासंघले हिजो र आज नियमित समयभन्दा ढिलो मूल्य निर्धारण गरेको थियो ।

प्रकाशित मिति : २०८२ असार १६ गते सोमवार
प्रतिक्रिया दिनुहोस