२०८३ बैशाख १८ गते शुक्रवार | 2026 May 1st Friday

अमेरिकामा एकै परिवारका ४ नेपालीका मृत्यु, गोली लागेको अबस्थामा यसरी भेटिए ! (परिचयसहित)

२४ जेठ , काठमाडौँ । अमेरिकाको भर्जिनियास्थित म्यानेसस पार्कमा एकै परिवारका चार नेपाली मृत अवस्थामा फेला परेका हुन् । मृतकमध्ये ३८ वर्षीय सन्तोष परियार, ३६ वर्षीया अञ्जु श्रेष्ठ, एक २ वर्षे बालक र ८ वर्षीया बालिका रहेका छन् । म्यानेसस पार्क प्रहरी विभागका अनुसार बिहीबार राति करिब १०स्४० बजे घरधनीले आफ्ना भाडामा बस्नेहरूलाई सुरक्षाको अनुगमन गरिदिन अनुरोध गरेका थिए । घटनास्थलमा पुगेका प्रहरी अधिकारीहरूले घरको तल्लो तलामा प्रवेश गर्दा चार जना व्यक्तिलाई मृत अवस्थामा फेला परेको हो ।

उनीहरू सबैको मृत्यु गोली लागेका कारण भएको प्रारम्भिक अनुमान गरिएको छ । घटनास्थलबाट एकवटा बन्दुक पनि बरामद गरिएको छ ।
सवै शवहरू म्यानेससको मेडिकल एक्जामिनरको कार्यालयमा परीक्षणका लागि पठाइएको प्रहरी विभागले जनाएको छ । प्रहरीका अनुसार यो घटना हत्या होकी आत्महत्या हो भनेर अनुसन्धान भइरहेको छ ।

प्रकाशित मिति : २०८२ जेष्ठ २५ गते शनिवार
प्रतिक्रिया दिनुहोस