३० जेठ , काठमाण्डौँ । नवलपरासी पूर्वको देवचुली नगरपालिका ३ आम्बासका एक वृद्धले आफ्नी वृद्धा पत्नीको हत्या गरेका छन् । ९० वर्षीय दिलबहादुर थापाले ७६ वर्षीया श्रीमती जमुना थापाको हत्या गरेका जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ ।
टाउकोमा फलामको रडले प्रहार गरी पत्नीको हत्या गरेको आरोपमा प्रहरीले थापालाई पक्राउ गरेको छ । उनीहरुबीच घरायसी विवाद हुँदा हत्याको घटना भएको जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वका डीएसपी मधु नेपालले जानकारी दिए । पतिले फलामको रड टाउकोमा प्रहार गर्दा उनको घटनास्थलमै मृत्यु भएको हो । पत्नीको हत्यापछि फरार भएका थापालाई प्रहरीले खोजीका क्रममा पक्राउ गरेको हो । उनले पत्नीको हत्या गरेको स्वीकारेका डीएसपी नेपालले बताए ।
प्रकाशित मिति : २०८२ जेष्ठ ३१ गते शुक्रवार

