२०८३ बैशाख १८ गते शुक्रवार | 2026 May 1st Friday

अहमदावाद विमान दुर्घटना : १६९ भारतीयसहित सवार सबै २४२ को मृत्यु

काठमाडौं । आज बिहान अहमदावादमा एयर इन्डिया विमान उडान नम्बर एआई-१७१ दुर्घटनाग्रस्त भएको छ, जसमा सवार सबै २४२ जनाको मृत्यु भएको गुजरात प्रहरी आयुक्तले एपीलाई जानकारी दिए।
विमान दिउँसो १:४० बजे (नेपाल समयअनुसार २:२५ बजे) लण्डन ग्याटविकतर्फ उडेको दुई मिनेटपछि खसेको हो। सवारमा १६९ भारतीय, ५३ बेलायती, ७ पोर्चुगिज, १ क्यानेडियन र १२ चालक दलका सदस्य थिए। पूर्व मुख्यमन्त्री विजय रूपाणीको पनि मृत्यु भएको पुष्टि भएको छ।
विमानले अहमदावाद सिभिल अस्पतालका डाक्टरहरूको भवनमा ठोक्किँदा १५ डाक्टर घाइते भए। शवहरू जलेका कारण डीएनए परीक्षण आवश्यक छ। एनडीआरएफले उद्धार गरिरहेको छ, र विमानस्थल बन्द छ।

प्रकाशित मिति : २०८२ जेष्ठ ३० गते बिहिवार
प्रतिक्रिया दिनुहोस