२०८२ कार्तिक १२ गते मङ्गलवार | 2025 October 28th Tuesday

एसईई नतिजा आज प्रकाशनको अन्तिम तयारी [ यसरी हेर्न सक्नुहुन्छ ]

काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा प्रकाशनको प्रक्रिया अन्तिम चरणमा पुगेको छ । परीक्षा नियन्त्रक डा. गणेश भट्टराईले नतिजाको काम अन्तिम चरणमा पुगेको बताए ।

त्यसका लागि आज बोर्ड बैठक बस्ने तयारी गरिएको उनले जानकारी दिए । ‘नतिजाको अन्तिम चरणमा छौँ । तर प्रकाशित गर्ने निर्णय भइसकेको छैन । त्यसका लागि बोर्डको बैठकबाट निर्णय गर्नुपर्छ,’ उनले भने, ‘सम्भवतः बोर्डको बैठक आज बस्छ ।’

सदस्य सचिव जंगबहादुर अर्यालले पनि नतिजाको विषयमा छलफल गर्न परीक्षा बोर्डको बैठक आज बस्ने भए पनि समय भने निर्धारण भइनसकेको बताए । २०८१ को एसईई परीक्षा ७ चैतदेखि सञ्चालन भएको थियो । परीक्षामा नियमिततर्फ ४ लाख ३१ हजार ४६६ र ग्रेडवृद्धितर्फ ६७ हजार ७१५ गरी जम्मा ४ लाख ९९ हजार १८३ विद्यार्थी सहभागी भएका थिए ।

सार्वजनिक गर्ने तयारी भइरहेको नतिजा हेर्नका लागि कार्यालयले विभिन्न विकल्पहरू सार्वजनिक गरेको छ । एक सूचना प्रकाशित गर्दै बोर्डले एसईई नतिजा थाहा पाउन सकिने वेबसाइट, एसएमएस र आईभीआर (IVR) का विकल्प उपलब्ध गराएको हो । नतिजा प्रकाशनका लागि सरकारी तथा निजी क्षेत्रका विभिन्न संस्थालाई स्वीकृति प्रदान गरिएको छ ।

एसएमएस र आईभीआर

एसईई २०८१ को नतिजा एसएमएस र आईभीआर सेवा प्रयोग गरी थाहा पाउन सकिन्छ । यूएसएसडी सेवा अन्तर्गत *1600# डायल गरी प्राप्त निर्देशन अनुसार नतिजा थाहा पाउन सकिन्छ ।​एसएमएसबाट थाहा पाउन:

नेपाल टेलिकम: १६०० मा एसएमएस पठाउने वा डायल गरी आईभीआर​ सेवामार्फत सुन्ने ।

जानकी टेक्नोलोजी: ३५००१ मा एसएमएस पठाउने ।

आकाश टेक: ३१००३ मा एसएमएस पठाउने ।

स्विफ्ट टेक्नोलोजी: ३४४५५ मा एसएमएस पठाउने ।

अल स्टार आईटी सोलुसन्स: ३४९४९ मा एसएमएस पठाउने ।

तरिका

-सबैभन्दा पहिले मोबाइलको मेसेज बक्समा जानुहोस् ।

-त्यसपछि पठाउनुपर्ने नम्बरमा 1600 वा 35001 वा 31003 वा 34455 वा 34949 राख्नुहोस् ।

-त्यसपछि एमएमएस बक्समा NEB टाइप गरी एक स्पेस दिएर आफ्नो सिम्बाेल नम्बर टाइप गरेर सेन्ड गर्नुहोस् ।

-त्यस लगत्तै तपाईंले कुन विषयमा कुन ग्रेड ल्याउनुभयो भन्ने नतिजा देख्न सक्नुहुनेछ ।

वेबसाइट/एपबाट नतिजा हेर्ने विकल्प

वेबसाइटमार्फत नतिजा हेर्नका लागि राष्ट्रिय परीक्षा बोर्ड लगायत विभिन्न साझेदार संस्थाहरूको वेबसाइट प्रयोग गर्न सकिन्छ । नतिजा हेर्न सकिने वेबसाइटहरू यसप्रकार छन् :
see.gov.np
neb.gov.np
see.ntc.net.np
ekantipur.com
see.esewa.com.np
खल्ती एप
collegeinfonepal.com
theconnectplus.com
12khari.com
collegesnepal.com/see_result
एनसेल एप
swiftttech.com.np/see-result
result.neemaacademy.com
see.mypay.com.np

 

 

प्रकाशित मिति : २०८२ असार १३ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस