२०८३ बैशाख १८ गते शुक्रवार | 2026 May 1st Friday

विश्व युद्वको शंखघोष : इरानमाथी अमेरिकाको आक्रमणबाट के–के सिध्धिएको हुनसक्छ ?

काठमाडौं । इरान र इसराइलबीचको चर्किंदो तनावले नयाँ मोड लिएको छ । अब अमेरिका पनि प्रत्यक्ष रूपमा इरानविरुद्धको कारबाहीमा उत्रिएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पुष्टि गरेअनुसार, अमेरिकी वायुसेनाले इरानका तीन प्रमुख परमाणु केन्द्रहरू नतान्ज, फर्दो र इस्फहानमा लक्षित बमबारी गरेको छ।

नतान्ज इरानको सबैभन्दा ठूलो युरेनियम संवर्धन केन्द्र मानिन्छ । जहाँ हजारौं सेन्ट्रीफ्यूजहरू भूमिगत संरचनामा सञ्चालनमा छन्। फर्दो भने पहाडमुनि गहिरो सुरुङमा रहेको अत्यन्त सुरक्षित आणविक भट्टी हो । जसलाई ध्वस्त पार्न विशेष प्रकारका बंकरभेदी बम आवश्यक पर्छ। इस्फहानमा भने अनुसन्धान, इन्धन उत्पादन र अन्य परमाणु प्रविधिसम्बन्धी गतिविधिहरू सञ्चालनमा छन्।

ट्रम्पले आक्रमण सफल भएको र सबै अमेरिकी विमानहरू सुरक्षित रूपमा फर्किएको बताएका छन्। उनले भने, अब शान्तिको समय हो। तर यो कारबाहीले मध्यपूर्वमा थप अस्थिरता निम्त्याउने संकेत देखिएको छ। इरानले हालसम्म प्रत्यक्ष प्रतिक्रिया दिएको छैन । तर उसले पहिले नै चेतावनी दिइसकेको थियो कि अमेरिकी आक्रमणको जवाफमा क्षेत्रीय अमेरिकी सैन्य संरचनाहरूलाई निशाना बनाइनेछ।

यो घटनाक्रमले इरानको आणविक कार्यक्रममाथि अन्तर्राष्ट्रिय चिन्ता झनै बढाएको छ। अबको ध्यान इरानको सम्भावित प्रतिक्रिया र यसले क्षेत्रीय तथा वैश्विक राजनीतिमा पार्ने प्रभावतर्फ केन्द्रित हुनेछ।

प्रकाशित मिति : २०८२ असार ८ गते आइतवार
प्रतिक्रिया दिनुहोस