२०८३ बैशाख १८ गते शुक्रवार | 2026 May 1st Friday

इजरायली आक्रमणमा इरानी गुप्तचर प्रमुखको मृत्यु

काठमाडौं । मोहम्मद काजमी इरानको इस्लामिक रिभोल्युशनरी गार्ड कर्प्स अन्तर्गतको खुफिया संगठनका प्रमुखकोपनि निधन भएको छ । इजरायली आक्रमणमा उनका सहायक हसन मोहकिक र अर्का आइआरजीसी खुफिया अधिकारी मोहसिन बाघेरीको पनि मृत्यु भएको छ।

इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले फक्स न्युजसँग कुरा गर्दै यसबारे पुष्टि गरेका छन्। काजमीको मृत्यु इरानको सैन्य र गुप्तचर संरचनामा ठूलो धक्का मानिएको छ। यसअघि पनि आइआरजीसीका प्रमुख मोहसन बघेरी र जनरल होसैन सलामी इजरायली आक्रमणमा मारिएका थिए।

प्रकाशित मिति : २०८२ असार २ गते सोमवार
प्रतिक्रिया दिनुहोस