२०८३ बैशाख १८ गते शुक्रवार | 2026 May 1st Friday

ट्रम्प र सी चिनफिङबीच डेढ घण्टा टेलिफोन वार्ता, भ्रमणको निमन्त्रणा आदानप्रदान

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी चिनफिङबीच फेब्रुअरीमा सुरु भएको व्यापार युद्धपछि पहिलो पटक टेलिफोन वार्ता भएको छ। चिनियाँ सञ्चारमाध्यमका अनुसार ट्रम्प प्रशासनको पहलमा यो कुराकानी भएको हो।

ट्रम्पले सामाजिक सञ्जालमा करिब डेढ घण्टासम्म सीसँग कुराकानी भएको जानकारी दिँदै अमेरिका–चीन व्यापार सम्बन्धमै छलफल केन्द्रित भएको बताएका छन्। उनले सी चिनफिङलाई अमेरिका भ्रमणको निमन्त्रणा दिएको र आफूले पनि चीन जान आग्रह पाएको बताएका छन्। तर चीनले भने ट्रम्पलाई दिइएको निमन्त्रणामात्रै उल्लेख गरेको छ।

चिनियाँ समाचार एजेन्सी सिन्ह्वाका अनुसार राष्ट्रपति सीले वार्ताका क्रममा अमेरिकालाई चीनविरुद्धका नकारात्मक कदमहरू फिर्ता लिन आग्रह गरेका थिए। उनले जेनेभामा भएको पछिल्लो सम्झौता दुवै पक्षले पालना गर्नुपर्नेमा जोड दिएका छन्।

प्रकाशित मिति : २०८२ जेष्ठ २४ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस