काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अफगानिस्तान, इरान, सोमालिया, म्यानमारसहित १२ देशका नागरिकलाई अमेरिका यात्रामा पूर्ण प्रतिबन्ध लगाउने निर्णय गरेका छन्। सुरक्षा जोखिम देखाउँदै उनले यो निर्णय गरेका हुन्, जुन ९ जुनदेखि लागु हुनेछ।
बुरुन्डी, क्युबा, भेनेजुएलालगायत ७ देशका नागरिकलाई आंशिक प्रतिबन्ध लाग्नेछ। ग्रिनकार्डधारी, पहिले नै भिसा पाएका र अमेरिकी हितमा संलग्न व्यक्तिहरूलाई भने छुट दिइनेछ।
ट्रम्पले कोलोराडोमा भएको आतंकवादी हमलालाई कारण देखाउँदै यस्तो कदम चालेका हुन्। उनले भने, अमेरिकालाई खतरनाक विदेशी तत्वहरूबाट जोगाउन प्रतिबद्ध छौं।
प्रकाशित मिति : २०८२ जेष्ठ २३ गते बिहिवार

