२०८३ भाद्र १० गते बुधवार | 2026 August 26th Wednesday

आन्दोलनले मूल्य निर्धारणमा ढिलाई : आज ह्वात्तै बढ्यो सुन, तोलाको कतिमा हुँदैछ कारोवार ?

gold price today nepal

१८ असार, काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुन तोलामा एक हजार २०० रुपैयाँले उकालो लागेको हो ।
नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला एक लाख ९१ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ ।

यता, चाँदीको मूल्य भने तोलामा १० रुपैयाँले घटेर प्रतितोला दुई हजार १४५ रुपैयाँमा खरिदबिक्री भइरहेको छ ।

सुनमा लगाइएको दुई प्रतिशत विलासिता कर र बहुमूल्य हिरा पत्थरमा लागू गरिएको १३ प्रतिशत मूल्य अभिवृद्धि कर खारेज गरिनुपर्छ, सुनको भन्सार दर ६ प्रतिशतमा स्थिर कायम गर्नुपर्छ र सुनचाँदीको कारोबारका लागि स्पष्ट नीति र कार्यविधि तय गरिनु पर्ने ब्यवसायीहरु आन्दोेलनमा रहेका छन् । जसका कारण सुन पसल समेत थप्प छन् ।

 

प्रकाशित मिति : २०८२ असार १८ गते बुधवार
प्रतिक्रिया दिनुहोस