२०८३ साउन ३१ गते आइतवार | 2026 August 16th Sunday

आन्तरिक राजस्व कार्यालय नयाँबानेश्वरद्वारा तयार गरिएको करदाता शिक्षामूलक हेर्नैपर्ने भिडिओ

काठमाडौं । आन्तरिक राजस्व कार्यालय नयाँ वानेश्वरले आम व्यवसायी एवं करदाताहरुका लागि अत्यन्तै लाभदायी जानकारीमूलक श्रव्य/दृष्य (भिडिओ) सामाग्री प्रस्तुत गरेको छ । चर्चित कलाकारहरु समेतको अभिनयमा प्रचलित कर कानून अनुसार अनिवार्य भ्याटमा दर्ता हुनुपर्ने र व्यवसायिक कारोवारबाट प्राप्त रकम व्यक्तिगत खातामा जम्मा गर्न नपाईने कानूनी व्यवस्थाका सम्बन्धमा सन्देशमूलक भिडिओहरू मार्फत करचेतना प्रदान गर्ने प्रमुख उद्देश्य रहेको छ । भिडियो सामाग्रीहरू करदाताहरुसॅंग प्रत्यक्ष सम्बन्धित एवं व्यवहारिक विषयहरूमा आधारित भई अत्यन्तै सरल र स्पष्ट रूपमा तयार गरिएको छ ।

भिडिओ निर्माण गरेर सञ्चार प्रतिष्ठान र कार्यालयका विभिन्न डिजिटल प्लेटफर्मबाट प्रसारण गरेको छ । यस्ता जानकारीबाट कर शिक्षाको अभावमा करदाताहरूले शूल्क एवं जरिवानाको थप दायित्व वहन गर्नुपर्ने अवस्थामा सुधार हुने र कानून सम्मत कारोबारमार्फत अर्थतन्त्रमा स्वस्थ प्रतिस्पर्धा कायम गर्न प्रेरित गर्दै राष्ट्रिय ढुकुटीमा समेत उल्लेख्य योगदान पुग्ने अपेक्षा गर्न सकिन्छ ।
भिडिओहरु तल प्रस्तुत गरिएको छ ।

युबट्युबमा

फेसबुकमा

 

 

 

प्रकाशित मिति : २०८२ असार २० गते शुक्रवार
प्रतिक्रिया दिनुहोस