२०८३ भाद्र १० गते बुधवार | 2026 August 26th Wednesday

विदेश भ्रमण जानेले अब ३ हजार अमेरिकी डलरसम्म साट्न पाउने

काठमाडौं । भारतबाहेकका अन्य मुलुक भ्रमण जाने व्यक्तिहरुले डलर सटहीको दायरा बढ्ने भएको छ । नेपाल राष्ट्र बैंकले अब विदेश भ्रमण जाने नागरिकको लागि ३ हजारसम्म अमेरिकी डलर सटही सुविधा लागु गरेको छ ।

केन्द्रिय बैंकले आज ल्याएको आगामी आर्थिक वर्षको मौद्रिक नीतिमा डलर सटही सुविधा दुई हजार पाँच सयबाट तीन हजार अमेरिकी डलर पुर्याएको छ ।

प्रकाशित मिति : २०८२ असार २७ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस