२०८३ भाद्र १० गते बुधवार | 2026 August 26th Wednesday

आठ दिनपछि आज सुनचाँदीको मूल्य तोकियो, कति छ मूल्य ?

Today Gold price in Nepal

काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले आठ दिनपछि सुनचाँदीको मूल्य तोकेको छ । सुनचाँदी व्यवसायीहरू विलासिता करको विरोधमा आन्दोलित भएका कारण असार १९ गतेदेखि सुनको भाउ तोकिएको थिएन ।

हिजो सरकार र सुनचाँदी व्यवसायीबीच सहमति भएपछि आन्दोलन स्थगित भएर आजदेखि पसल खुलेका छन् । आज सुनको मूल्य तोलाको एक लाख ९१ हजार आठ सय रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । यस्तै आज चाँदीको मूल्य तोलाको दुई हजार दुई सय २० रुपैयाँ तोकिएको छ ।

प्रकाशित मिति : २०८२ असार २७ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस