२०८३ भाद्र १० गते बुधवार | 2026 August 26th Wednesday

भुक्तानी अनिवार्यरूपमा विद्युतीय प्रणालीबाट गर्न परिपत्र

काठमाडौं । अर्थ मन्त्रालयद्वारा सार्वजनिक निकायबाट हुने सबै प्रकारका भुक्तानीलाई अनिवार्यरुपमा विद्युतीय प्रणालीमार्फत गर्ने व्यवस्था मिलाउन परिपत्र गरेको छ ।

अर्थ मन्त्रालयले साउन १ गतेदेखि सार्वजनिक निकायबाट हुने सबै प्रकारका भुक्तानीलाई अनिवार्यरुपमा विद्युतीय प्रणालीमार्फत गर्ने व्यवस्था मिलाउन सबै मन्त्रालय, नेपाल राष्ट्र बैंक, सार्वजनिक संस्थान, बोर्ड, समिति तथा प्रतिष्ठानहरुलाई परिपत्र गरेको छ । आर्थिक वर्ष २०८२/८३ को बजेट वक्तव्यमा उल्लेख भए अनुसार अर्थ मन्त्रालयले परिपत्र जारी गरेको हो ।

प्रकाशित मिति : २०८२ असार ३० गते सोमवार
प्रतिक्रिया दिनुहोस