२०८३ भाद्र १० गते बुधवार | 2026 August 26th Wednesday

आज यी ५ पालिकामा स्थानीय बिदा !

काठमाण्डौँ । कैलालीको विभिन्न पालिकाले शुक्रबार स्थानीय बिदा दिएका छन् ।
मुक्त कमैया दिवसको अवसरमा जानकी गाउँपालिका, कैलारी गाउँपालिका, टीकापुर नगरपालिका, भजनी नगरपालिका र जोशीपुर गाउँपालिकाले पालिकामा स्थानीय बिदा दिने निर्णय गरेका हुन् ।

दिवसको अवसरमा पालिकाको कार्यालय, वडा कार्यालय, स्वास्थ्य संस्था, शैक्षिक संस्था, बैङ्क तथा वित्तीय संस्थामा बिदा रहने सार्वजनिक सूचना जारी गरेर पालिकाहरूले जानकारी दिएका छन् ।

बँधुवा मजदुरको रूपमा काम गर्दै आएका कमैयालाई २०५७ साउन २ गते तत्कालीन सरकारले मुक्त भएको घोषणा गरेको थियो। त्यसको खुसीयालीमा मुक्त कमैयाले हरेक वर्ष यो मितिमा कमैया मुक्ति दिवस मनाउँदै आएका छन् ।

शुक्रबार कमैया मुक्तिको २५ वर्ष पुग्दै छ। कमैयाहरू मुक्त भएको २५ वर्ष पुगे पनि उनीहरूको गाँस, बास, कपास र रोजगारीको समस्या अझै समाधान हुन सकेको छैन ।

प्रकाशित मिति : २०८२ साउन ३ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस