२०८२ चैत्र १ गते आइतवार | 2026 March 15th Sunday

सुर्मा खोलामा नौ जवान दाजुभाइ एकै ठाउँ मृत भेटिएपछि आमा मुर्छित

Nine Young Brothers Found Dead Together in Surma River

कैलाली । कैलालीमा नदीमा डुबेर दुई जनाको मृत्यु भएको छ । जिल्लाको गौरीगङ्गा नगरपालिकास्थित ११ नम्बरमा सुर्मा खोलामा डुबेर सहोदर दाजुभाइको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जानकारी दिएको छ ।

जिल्ला प्रहरी कार्यालय कैलालीका डिएसपी राजकुमार सिंहका अनुसार २५ वर्षका उमेश धामी र २० वर्षका प्रकाश धामीको नदीमा डुबेर मृत्यु भएको हो । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । शव पोस्टमार्टमको लागि सेती प्रादेशिक अस्पतालमा राखिएको छ ।

नौ जवान दाजुभाइ नै मृत भेटिएपछि आमा मुर्छित अवस्थामा छिन् । केही बर्ष अघि बडैपुर शिबिरमा बस्दै आएका शेरबहादुर बोहराकी ९ वर्षीया छोरी मुना बोहरा र सोहि शिबिरमा बस्दै आएका रमेश ओलीका १० वर्षीया छोरी गौरी ओलीपनि यही खोलामा बेपत्ता भएका थिए । गर्मीमा पौडी खेल्न पुग्दा यहाँ धेरै पहिलेदेखि धेरैले ज्यान गुमाइरहेका छन् ।

प्रकाशित मिति : २०८२ साउन २ गते बिहिवार
प्रतिक्रिया दिनुहोस