काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुन तोलामा ८०० रुपैयाँले उकालो लागेको हो ।
नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला एक लाख ९३ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो कारोबारको दिन भने सुुन तोलामा एक लाख ९२ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको थियो ।
यता, चाँदीको मूल्य तोलामा पाँच रुपैयाँले बढेर प्रतितोला दुई हजार २८५ रुपैयाँमा खरिदबिक्री भइरहेको छ ।
प्रकाशित मिति : २०८२ साउन ५ गते आइतवार

