२०८३ भाद्र १० गते बुधवार | 2026 August 26th Wednesday

देशभर ठूलो पानी पर्ने सम्भावना छैन, किन कमजोर बन्यो मनसुनी वायु ?

काठमाण्डौँ । मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभर मनसुनी वायुको प्रभाव कमजोर रहेको छ ।
आज पहाडी भूभागमा वर्षाको सम्भावना रहेको छ भने तराईका केही स्थानमा हावाहुरी चल्ने सम्भावना रहेको छ ।
राति कोशी प्रदेश लगायतका पहाडी क्षेत्रमा वर्षाको सम्भावना रहेको छ ।
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव कमजोर रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित छ ।

जसको प्रभावले हाल लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भूभागमा साधरणतया बदली रही बाँकी भूभागका आंशिक बदली रहेको छ। बागमती प्रदेशका केही स्थानहरू तथा कोशी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ।
आज दिउँसो देशका पहाडी भूभागमा साधरणतया बदली रही बाँकी भूभागमा आंशिक बदली रहनेछ। देशका पहाडी भूभागका केही स्थानहरूमा तथा तराई भूभागका थोरै स्थानहरूमा चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी प्रदेशको तराई र मधेस प्रदेशमा हावाहुरी चल्ने सम्भावना रहेको छ।

प्रकाशित मिति : २०८२ साउन ११ गते शनिवार
प्रतिक्रिया दिनुहोस