काठमाडौँ । बाढीका कारण चीनको केरुङमा अड्किएका ९५ जना नेपाली अझै नेपाल फर्कन सकेका छैनन् । गत असार २४ गते रसुवास्थित भोटेकोशी नदीमा आएको बाढीका कारण उनीहरू चीनतर्फ अड्किएका हुन् ।
यसअघि चिनियाँ पक्षले २०५ जना नेपालीलाई तातोपानी नाका हुँदै नेपाल ल्याइदिएको थियो। नेकपा एमाले रसुवा कमिटीले परराष्ट्र सचिव अमृत कुमार राईलाई चीनबाट नेपाल फर्कने चाहाने नेपालीको सूची बुझाउँदै उद्धारका लागि विशेष पहल गरिदिन आग्रह गरेको छ ।
रसुवागढी नाकामा बाढीले पुल बगाएका कारण उनीहरू नेपाल फर्कन नसकेका हुन् । केरुङमा रोकिएका उनीहरू नेपाल फर्कनका लागि सिन्धुपाल्चोकको तातोपानी नाका हुँदै आउनुपर्छ। यसका लागि चिनियाँ पक्षले नै ल्याइदिनुपर्ने अवस्था छ ।
प्रकाशित मिति : २०८२ साउन १२ गते आइतवार

