२०८२ फाल्गुन ४ गते सोमवार | 2026 February 16th Monday

बालेन नेतृत्वको काठमाडौं महानगरले बजेटमा ल्यायो उलटफेर ल्याउने कार्यक्रम [ पूर्णपाठ ]

काठमाडौं । बालेन शाह नेतृत्वको काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले आगामी आ.व. २०८२/०८३ को लागि कुल २५ अर्ब ७६ करोड ४३ लाख ४१ हजार रूपैयाँको अनुमानित बजेट पेश गरेकी छन् । नगरसभाको १७औं अधिवेशनमा उनले पूर्वाधार विकासतर्फ ५१ प्रतिशत अर्थात १२ अर्ब ८० करोड ८३ लाख १४ हजार रुपैयाँ रहेको छ भने सुशासन तथा अन्तरसम्बन्धित क्षेत्र तर्फ १२ प्रतिशत अर्थात ३ अर्ब १ करोड ३७ लाख २१ हजार प्रस्ताव गरिन् ।

कार्यालय सञ्चालन तथा प्रशासनिक क्षेत्रतर्फ १४ प्रतिशत अर्थात ३ अर्ब ५१ करोड ६० लाख ८ हजार रुपैया प्रस्ताव गरिएको छ । फोहोरमैला व्यवस्थापन, विद्यालय शिक्षा प्रणालीमा सुधार, सुशासन प्रवर्द्धन, शहरी स्वास्थ्य प्रवर्द्धन केन्द्रको क्षमतावृद्धि, एक वडा एक उद्यम कार्यक्रमलाई प्रवर्द्धन गरी रोजगारी र आयवृद्धि गर्ने कार्यक्रमहरूलाई समेत उच्च प्राथमिकतामा राखिएको डंगोलले बताइन् ।

उनले भनिन्, ‘यसैगरी काठमाडौं महानगरपालिका क्षेत्रभित्रको ध्वनी प्रदूषण कम गर्ने, सार्वजनिक यातायातलाई व्यवस्थित गर्ने, महानगरक्षेत्रभित्रका ऐतिहासिक, धार्मिक, पुरातात्विक, महत्व बेकेका मठ, मन्दिर,बहाल, पोखरी, हिटी, वहाः वही, ननीलगायतका सम्पदास्थलहरूको संरक्षण र प्रवर्द्धनमा समेत येथेस्ट बजेट व्यवस्थापन गरिएको छ ।’

 

प्रकाशित मिति : २०८२ असार २९ गते आइतवार
प्रतिक्रिया दिनुहोस