२०८३ बैशाख ३ गते बिहिवार | 2026 April 16th Thursday

बसिरहेका बेला अचानक ढलेका पूर्वमन्त्री बालाराम रहेनन्

काठमाडौँ । राप्रपाका संस्थापक नेता तथा पूर्वमन्त्री बालाराम घर्ती मगरको निधन भएको छ । उनको शुक्रबार बिहान निधन भएको राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए ।

शुक्रबार बिहान सातदोबाटोस्थित निवासमा बसिरहेको बेला एकाएक स्वास्थ्यमा समस्या भएपछि परिवारका सदस्यले बीएण्डबी अस्पताल लगेकामा केहीबेरमै चिकित्सकले मृत घोषणा गरेको श्रेष्ठको भनाइ छ ।

उनको श्रीमती र ७ छोरी छन् । एउटा बाहेक अरू छोरी विदेशमा रहेकाले उनीहरू आएपछिमात्रै अन्तिम संस्कार हुने श्रेष्ठको भनाइ छ । उनको पार्थिव शरीर बीएण्डबी अस्पतालमै राखिएको छ ।
रोल्पाबाट प्रतिनिधित्व गर्ने उनी पटक पटक सांसद र मन्त्री बनेका थिए ।

प्रकाशित मिति : २०८२ असार २७ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस