२०८३ बैशाख ४ गते शुक्रवार | 2026 April 17th Friday

हजुरबुवाको वार्षिकीमा जुटेकाहरु नै बन्नुपर्यो नातिको मलामी, कल्पना भाग्यले बाँचिन्

पाल्पा । हजुरबुवाको वार्षिक पुण्य तिथिमा सहभागी हुन घर फर्किंदै गरेका जनक भण्डारी अब कहिल्यै फर्किने छैनन्। श्रीमती कल्पनालाई लोकसेवा परीक्षामा साथ दिन बुटवल गएका जनक मंगलवार साँझ फर्किंदै गर्दा सिद्धबाबा नजिकै सडक माथिबाट खसेको भीषण पहिरोमा परे। मोटरसाइकलमा सँगै रहेकी कल्पना बाँचिन्, तर जनक ३५ मिटर तल तिनाउ खोलातर्फ उछिट्टिएर ज्यान गुमाए।

३६ वर्षीय जनक समाजसेवी, व्यवसायी र नेकपा एमालेका जिल्ला सदस्य समेत थिए। रामपुरका उनले पिउने पानीको उद्योग सञ्चालन गरिरहेका थिए। उनका बुवा आमा, श्रीमती र ५ वर्षीया छोरी शोकमा छन्।

हामी हजुरबुवाको वार्षिकी गर्न भेला भएका थियौँ, अब नातिको मलामी जानुपर्ने भयो, स्थानीय दिवाकर देवकोटा भन्छन्। जनकको शव आज रामपुर ल्याएर तातोपानी घाटमा अन्त्येष्टि गरियो ।

प्रकाशित मिति : २०८२ असार २६ गते बिहिवार
प्रतिक्रिया दिनुहोस