२०८२ पुष २७ गते आइतवार | 2026 January 11th Sunday

घुससहित रंगेहात पक्राउ परे कल्याणपुरका मेयर

जनकपुरधाम । सिरहाको कल्याणपुर नगरपालिकाका नगरप्रमुख रामपुकार साह एकलाख रुपैयाँ घुस रकमसहित पक्राउ परेका छन् । कल्याणपुरस्थित पालिकाको कार्यालयबाटै नगरप्रमुख साहलाई घुस रकमसहित अख्तियारको टोलीले पक्राउ गरेको हो ।

आज दिउँसो एक उपभोक्ता समितिलाई भुक्तानी गर्न घुस लिएलगत्तै नगरप्रमुख साहलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिबासको टोलिले पक्राउ गरेको एक कर्मचारीले जानकारी दिए । अहिले अख्तियारको टोलीले नगर कार्यपालिकाको कार्यालयमै राखेर नगरप्रमुख साहलाई सोधपुछ गरिरहेको छ । कानूनी प्रक्रिया (मुचुल्का) तयार पारेर थप अनुसन्धान तथा कारबाहीका लागि अख्तियारको कार्यालय बर्दिबास लगिने बुझिएको छ ।

प्रकाशित मिति : २०८२ साउन १ गते बुधवार
प्रतिक्रिया दिनुहोस