२०८३ भाद्र ९ गते मङ्गलवार | 2026 August 25th Tuesday

आज पनि ओरालो लाग्यो सुनको मूल्य, तोलाको कतिमा हुँदैछ कारोवार ?

Gold Price Today Nepal

काठमाडौँ । नेपाली बजारमा आज पनि सुनको मूल्य घटेको छ । सुन तोलामा एक हजार १०० रुपैयाँले ओरालो लागेको हो ।

नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला एक लाख ९८ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो कारोबारको दिन भने सुुन तोलामा एक लाख ९९ हजार २०० रुपैयाँमा खरिदबिक्री भइरहेको थियो ।

यता, चाँदीको मूल्य तोलामा १५ रुपैयाँले घटेर प्रतितोला दुई हजार ३१५ रुपैयाँमा खरिदबिक्री भइरहेको छ ।

प्रकाशित मिति : २०८२ साउन २७ गते सोमवार
प्रतिक्रिया दिनुहोस