२०८३ भाद्र ९ गते मङ्गलवार | 2026 August 25th Tuesday

बच्चा जन्माउन उत्तम महिना कुन हो ?

काठमाण्डौँ ।  संसारका अधिकांश प्राणीले जीवनचक्र चलाउन, वंशको परम्परा धान्न बच्चा जन्माउछन् । प्रकृतिले नै उनीहरुको यौ न जीवन र सन्तान उत्पादन प्रक्रियालाई नियन्त्रण गरिरहेको छ ।

तर, मानवमात्र यस्तो प्रााणी हो जसले अन्य कुराको जस्तै यौ -न जीवनलाई प्रकृतिको नियन्त्रणमा रहन दिएको छैन । पछिल्लो समय मानिसले सन्तान जन्माउने उत्तम समय कुन हो भन्ने बारेमा विभिन्न बहस हुन थालेका छन् । ति बहसअनुसार वैज्ञानिकहरुले सन्तान उत्पादनका लागि उपयुक्त समयबारे अनुसन्धान थालेका छन् ।

वैज्ञानिकहरुको ध्यान पनि कहिले बच्चा जन्माउँदा उपर्युक्त हुन्छ भन्ने तर्फ केन्द्रित भएको छ । अनुसन्धानमा संलग्न वैज्ञानिकहरु भन्छन, ‘बच्चा ग-र्भाधारणको लागि सबैभन्दा उपर्युक्त समय डिसेम्बर र जनवरी महिना हो ।’

केहि समय पहिला ५ करोड २० लाख गर्भवती महिलामा १२ वर्ष लामो समय लगाएर गरिएको अध्ययनमा धेरै दम्पत्तीले सन्तान जन्माउन यी दुई महिना रोजेको जनाएको छ । सकभर गर्मी महिनामा गर्भवती नबन्न पनि अनुसन्धनमा संलग्न इन्डियन युनिभर्सिटीका वैज्ञानिकहरुले सुझाव दिएका छन् ।

जनवरी र डिसेम्बरमा ग-र्भवती हुने महिला ग-र्भाअवस्थाको अन्तिम समयमा उच्च मात्रामा सूर्यको प्रकाश पाउने अध्ययन टोलीका प्रमुख डा पउल विनचेस्टरको भनाई छ । आमाले लिएको तापक्रममार्फत प्राप्त हुने भिटामिन डीले शिशुलाई स्वस्थ बनाउने उनीहरुको तर्क छ । जुन महिनामा गर्भाधारण स्वास्थ्यका लागि हा-निकार हुने उनीहरुको दाबी छ ।

गर्मी मौसमा खेतीपातीमा प्रशस्त मात्रामा वि-षाधीको प्रयोग हुने र हावामार्फत त्यसको असर ग-र्भधारण गर्ने महिलामा पर्ने उनीहरुको तर्क छ ।

अध्ययन टोलीले डिसेम्बरमा ग-र्भाधारण गरी सेप्टेम्बरमा बच्चा जन्माउने अभिभावकको संख्या बढी भएको जनाएको छ । ‘र-सायनको मौसमी प्रभाव र आईभीएफ ग-र्भधारणमा भिटामिन डीको प्रभावबारे पछिल्लो समयमा चासो बढेको छ ।’ अनुसन्धानमा संलग्न वैज्ञानिकहरु भन्छन् ।

प्रकाशित मिति : २०८२ साउन २७ गते सोमवार
प्रतिक्रिया दिनुहोस