एक आमाले आफ्नो हेरचाहका लागि छोरीलाई ४.८ मिलियन युआन (झण्डै ५ करोड रुपैयाँ) दिएकी थिइन्। घटना चीनको हो । छोरीले जागिर छोडेर आमाको सेवा गर्ने सहमति जनाएकी थिइन्। फ्ल्याट बेचेर रकम दिइएको थियो । लिखित सम्झौता पनि गरिएको थियो । छोरीले आमाको उपचार, बसोबास, खर्च र अन्त्येष्टि समेतको जिम्मेवारी लिने सहमति थियो ।
तर छोरीले रकम आफ्ना लागि नीजि सम्पत्ति खरिदमा खर्च गरिन् । सम्झौतापछि आमा छोरीसँगै नर्सिङ होम छोडेर भाडाको फ्ल्याटमा बस्न थालिन् । चार वर्षसम्म हेरचाह गरेपछि खर्चको विषयमा आमा आमाको झगडा भयो। अन्ततः आमाले अदालतमा मुद्दा दायर गरिन्। बेइजिङ अदालतले आमाको पक्षमा फैसला सुनाउँदै छोरीलाई ४.८ मिलियन युआन फिर्ता गर्न आदेश दिएको छ।
प्रकाशित मिति : २०८२ भाद्र १ गते आइतवार

