२०८३ भाद्र ८ गते सोमवार | 2026 August 24th Monday

ह्वाइट हाउसमा ट्रम्प–जेलेन्स्की भेटघाट, रूसी दूतले प्रशंसा गरे

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले वाशिङटन डीसीस्थित ह्वाइट हाउसमा युक्रेनी समकक्षी भोलोडिमिर जेलेन्स्की र युरोपेली नेताहरूसँग भेट गरेका छन्। ट्रम्पले नेताहरूसँगको ‘राम्रै बैठक’ भएको भन्दै युक्रेनका लागि सुरक्षा ग्यारेन्टीबारे छलफल भएको बताए, जसमा युरोपेली उपायहरू ‘अमेरिकासँग समन्वयमा’प्रदान गरिने उल्लेख छ।

उनले भ्लादिमिर पुटिनलाई पनि फोन गरेको र त्रिपक्षीय बैठकको तयारी सुरु भएको जानकारी दिए।शिखरसम्मेलनअघि, ट्रम्पले युक्रेनलाई नाटो प्रवेश गर्ने महत्वाकांक्षा छोड्न र २०१४ मा रूसले कब्जा गरेको क्राइमिया फर्काउने आशा त्याग्न आग्रह गरेका थिए। विश्वका अधिकांश देशहरूले उक्त कब्जालाई अवैध मान्छन्।

यी बैठकहरू ट्रम्पले शुक्रबार अलास्कामा आयोजित शिखर सम्मेलनमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई भव्य स्वागत गरेको केही दिनमै भएका हुन्। यसैविच रूसी राष्ट्रपति पुटिनका विशेष दूत किरिल दिमित्रिएभले ह्वाइट हाउसमा भएका बैठकलाई ‘कूटनीतिको महत्वपूर्ण दिन’ भनेका छन्।उनले एक्समा लेखेका छन्, ‘लेख्दै ट्रम्प, जेलेन्स्की र युरोपेली नेताबीचको छलफलको केन्द्रबिन्दु ‘अस्थायी युद्धविराम होइन, दीगो शान्ति’ हो।’

 

प्रकाशित मिति : २०८२ भाद्र ३ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस