२०८३ भाद्र ९ गते मङ्गलवार | 2026 August 25th Tuesday

मौसम पूर्वानुमानः यी स्थानमा भारी वर्षाको सम्भावना

weather forecast nepal today

काठमाडौं। जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपासमा अवस्थित रहेको छ। साथै बंगालको खाडीबाट मनसुनी हावाको प्रभाव केही बढेको छ।

त्यस्तै महाशाखाका अनुसार आज बिहान देशभरि आंशिकदेखि साधारणतया बदलीको अवस्था रहेको छ।

साथै देशका अधिकांश भूभागमा वर्षा भइरहेको छ भने कोशी र लुम्बिनी प्रदेशका केही स्थानमा भारी वर्षा पनि भएको छ।

शुक्रबार राति पनि देशैभरि आंशिकदेखि साधारणतया बदली रहने छ।

राति कोशी र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।

प्रकाशित मिति : २०८२ भाद्र १३ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस