२०८३ भाद्र १३ गते शनिवार | 2026 August 29th Saturday

प्रधानमन्त्री ओली चीन भ्रमण सकेर स्वदेश फर्किए

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली चीन भ्रमण सकेर आज स्वदेश फर्किएका छन् । चिनियाँ राष्ट्रपति सी चिनफिङको निमन्त्रणामा शांघाई सहयोग संगठन (एससिओ) शिखर सम्मेलनमा सहभागी हुन उनी १४ भदौमा चीन प्रस्थान गरेका थिए ।

भ्रमणका क्रममा ओलीले चीनका राष्ट्रपति सी चिनफिङ, उपराष्ट्रपति हान झेङ, रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसहित विभिन्न राष्ट्रका नेतासँग भेटवार्ता गरेका थिए । शिखर सम्मेलनलाई सम्बोधन गर्दै उनले बहुपक्षीयतामा जोड दिएका थिए ।

ओलीसँगै पत्नी राधिका शाक्य, मन्त्रीहरू, कांग्रेस उपाध्यक्ष पूर्णबहादुर खड्का, सांसदहरू, सल्लाहकार, अधिकारी र पत्रकारसहित २३ सदस्यीय टोली चीन गएको थियो ।

प्रकाशित मिति : २०८२ भाद्र १८ गते बुधवार
प्रतिक्रिया दिनुहोस