भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस्
काठमाडौं । प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले सामाजिक सञ्जाललाई सरकारले बन्द गर्न नभई दर्ता प्रक्रियामा ल्याउन मात्र खोजेको स्पष्ट पारेका छन्।
गोदावरीमा जारी विधान महाधिवेशनमा समूहगत छलफलको प्रतिवेदनपछि सम्बोधन गर्दै उनले भने, एक वर्षदेखि पटकपटक ताकेता गर्दा पनि नमानेपछि हालको अवस्था आएको हो।
उनका अनुसार नयाँ पुस्ताले स्वाभिमान, कानुन र राष्ट्रियता बुझ्ने क्षमता राखे पनि सामाजिक सञ्जालमार्फत दुरुपयोगमा पर्न सक्ने भएकाले सचेत रहनुपर्नेछ।
प्रकाशित मिति : २०८२ भाद्र २२ गते आइतवार

