२०८३ भाद्र १२ गते शुक्रवार | 2026 August 28th Friday

जेनजी आन्दोलनबीच कांग्रेसको आकस्मिक बैठक

काठमाडौं । नेपाली कांग्रेसले आकस्मिक बैठक बोलाएको छ। बैठक सोमबार अपराह्न ५ बजे सभापति शेरबहादुर देउवाको आह्वानमा बस्ने भएको छ।

सामाजिक सञ्जाल बन्द र भ्रष्टाचारविरुद्ध जेनजीले काठमाडौंसहित देशका विभिन्न सहरमा प्रदर्शन गरेपछि कांग्रेसले आकस्मिक बैठक बोलाएको हो।

यसअघि बिहान महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले सभापति देउवालाई भेटेर जेन-जीको आवाज सुन्न र सामाजिक सञ्जाल खुला गर्न प्रधानमन्त्रीसँग पहल गर्न ध्यानाकर्षण गराएका थिए।

प्रकाशित मिति : २०८२ भाद्र २३ गते सोमवार
प्रतिक्रिया दिनुहोस