२०८३ भाद्र १२ गते शुक्रवार | 2026 August 28th Friday

टोपबहादुर रायमाझीसहित ३३ सय कैदी फरार

काठमाडौं । पूर्वउप-प्रधान तथा पूर्वऊर्जा मन्त्री टोपबहादुर रायमाझी नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि सुन्धारा कारागारबाट भागेका छन्। बुधबार भद्र बन्दीगृहबाट फरार भएका रायमाझीसहित करिब ३३ सय कैदी फरार भएका छन्।

कारागार स्रोतका अनुसार भद्र बन्दीगृहमा अहिले करिब १०० जना मात्र कैदी बाँकी छन्। महिला बन्दीगृहमा करिब १००, सेन्ट्रल कारागारमा करिब ३०० र अन्य कारागारमा तीन/चार सय कैदीबन्दी रहेका छन्। केही फरार कैदी प्रशासनसँग सम्पर्क गरी फर्कने वाचा गरिरहेका छन् भने करिब ५० जना कैदी फर्किसकेका छन्।

नख्खु कारागारबाट आएका कैदीहरूले राति सुन्धारास्थित कारागारमा तोडफोड पनि गरेका थिए। डिल्लीबजार कारागारमा रहेका कैदीहरू पनि फरार हुन खोजे, तर नेपाली सेनाले उनीहरूलाई केन्द्रीय कारागारमा स्थानान्तरण गरिरहेको छ। अहिले कारागारमा अफरातफरी छ र सुरक्षा कडाइ गरिएको छ।

प्रकाशित मिति : २०८२ भाद्र २५ गते बुधवार
प्रतिक्रिया दिनुहोस