२०८३ भाद्र १२ गते शुक्रवार | 2026 August 28th Friday

वार्ताको लागि जंगीअड्डा पुगेका जेनजी प्रतिनिधिलाई सेना प्रमुखले के भने ?

काठमाडौं। सोमबार–मंगलबारको तनावपछिको परिस्थितिमा राष्ट्रपति रामचन्द्र पौडेलको आह्वानअनुसार जेनजी आन्दोलनका प्रतिनिधिहरु बुधबार भद्रकालीस्थित नेपाली सेनाको मुख्यालय जंगीअड्डामा पुगेका छन्।

सैनिक स्रोतका अनुसार १५–१६ जना युवा प्रतिनिधि प्रधानसेनापति अशोकराज सिग्देलसँग भेटेका थिए। धेरै संख्यामा प्रतिनिधि पुगेपछि सिग्देलले सबैलाई एकमत भएर वार्ताको टेबलमा बस्न तयार हुन आग्रह गरेका थिए। प्रतिनिधिहरु अहिले जंगीअड्डाभित्रै छुट्टै छलफलमा जुटेका छन् र एकजना संयोजक तोक्न समेत भनिएको छ।

सैनिक अधिकारीहरूले यसलाई प्रारम्भिक छलफल भनेका छन्, जसले जेनजीका धारणाहरू बुझ्न मद्दत गर्छ। राष्ट्रपति कार्यालयले मंगलबार जेनजी प्रदर्शनकारीलाई संयमित रहँदै वार्तामा आउन आह्वान गरेको थियो। सेनाले पनि संवादमार्फत समस्या समाधान खोज्नुपर्नेमा जोड दिएको छ। अहिले वार्ता अघि बढाउन, समूहबीचको एकमत र एजेन्डा तयार गर्ने प्रयास भइरहेको छ।

प्रकाशित मिति : २०८२ भाद्र २५ गते बुधवार
प्रतिक्रिया दिनुहोस