२०८३ भाद्र १२ गते शुक्रवार | 2026 August 28th Friday

सुशिला कार्की नेतृत्वमा सरकार बनाउन मेयर बालेनको समर्थन

काठमाडौं। आगामी सरकारको नेतृत्वका लागि पूर्वप्रधानन्यायाधीश सुशिला कार्कीको नाम जेनजी प्रतिनिधिले प्रस्ताव गरेपछि काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले समेत समर्थन जनाएका छन्।

जंगीअड्डामा भएको छलफलमा जेनजी युवाले कार्कीलाई अगाडि सार्दा केही समूहले बाहिर नाराबाजी गरेका थिए। मेयर बालेनको नाम पनि नेतृत्वका लागि प्रस्ताव भए पनि उनले मंगलबार मात्र स्टाटस लेख्दै जेनजीलाई सेना प्रमुखसँग वार्ताका लागि तयार रहन आग्रह गरेका थिए।

बुधबार दिनभर सामाजिक सञ्जाल डिस्कर्डमा नेतृत्वबारे बहस चल्दा कार्कीको पक्षमा बलियो समर्थन देखिएको थियो। अन्ततः जंगीअड्डाकै छलफलमा कार्कीको नेतृत्वमा नागरिक सरकार बनाउन सहमति जुटेको स्रोतले जनाएको छ।

प्रकाशित मिति : २०८२ भाद्र २५ गते बुधवार
प्रतिक्रिया दिनुहोस