२०८३ भाद्र १२ गते शुक्रवार | 2026 August 28th Friday

राष्ट्रपति पौडेलको अपिल : संवैधानिक बाटोमै निकास, आन्दोलनकारीका माग चाँडै सम्बोधन हुने

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकलाई संवैधानिक दायरामै रहेर निकास दिन सकिने बताएका छन्। विज्ञप्ति जारी गर्दै उनले लोकतन्त्रको संरक्षण र शान्ति सुव्यवस्था कायम गर्न आफू निरन्तर प्रयासरत रहेको उल्लेख गरे।

उनले आन्दोलनकारी नागरिकका मागलाई सम्बोधन गर्न छिटो समाधान खोजिने आश्वासन दिँदै सबै पक्षलाई संयमता अपनाई शान्ति कायम गर्न सहयोग गर्न आह्वान गरे।

प्रकाशित मिति : २०८२ भाद्र २६ गते बिहिवार
प्रतिक्रिया दिनुहोस