२०८३ भाद्र १२ गते शुक्रवार | 2026 August 28th Friday

आन्दोलन र कर्फ्युपछि पनि खाद्यान्न मौज्दात पर्याप्त, नथुपार्न आग्रह

काठमाडौं । जेन-जी आन्दोलन, कर्फ्यु र निषेधाज्ञाले ढुवानीमा केही समस्या भए पनि मुलुकमा खाद्यान्नको कुनै कमी नभएको व्यवसायीहरूले बताएका छन्। खाद्य किराना व्यवसायी संघ र खुद्रा व्यापार संघका अनुसार चामल, दाल, तेल, पीठो, मौदा र गेडागुडी कम्तीमा एक महिनालाई पुग्ने गरी मौज्दात छ।

संघका अध्यक्ष देवेन्द्रभक्त श्रेष्ठले आवश्यकभन्दा बढी किनमेल नगर्न आग्रह गर्दै नेपालमै मिल भएकोले आपूर्तिमा समस्या नआउने बताए। खुद्रा व्यापार संघका महासचिव अमुलकाजी तुलाधारले पनि व्यापारीले क्षमताअनुसार १०–१५ दिनको मौज्दात राखेकाले अभाव नहुने जनाए।

यस्तै, सरकारी खाद्य व्यवस्था तथा व्यापार कम्पनीसँग पनि २८ हजार टन मौज्दात रहेको प्रमुख कार्यकारी अधिकृत रमेश आचार्यले बताए। उनका अनुसार दसैंलगायत चाडपर्वसम्म आपूर्तिमा समस्या नआउनेछ।

प्रकाशित मिति : २०८२ भाद्र २६ गते बिहिवार
प्रतिक्रिया दिनुहोस