२०८३ भाद्र १२ गते शुक्रवार | 2026 August 28th Friday

सर्वोच्चमा आइतबारदेखि बन्दीप्रत्यक्षीकरणसहित नियमित सुनुवाइ

काठमाडौं । सर्वोच्च अदालतले २९ भदौदेखि बन्दीप्रत्यक्षीकरणका निवेदन दर्ता र नियमित मुद्दा सुनुवाइ सुरु गर्ने निर्णय गरेको छ। बिहीबारको आकस्मिक फूलकोर्ट बैठकपछि प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतले विज्ञप्ति जारी गर्दै अदालत पुनः सञ्चालनमा आउने जानकारी दिएका हुन्।

उनले हालैका घटनामा मृत्यु भएका नागरिकप्रति श्रद्धाञ्जली व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरे। आगजनी र तोडफोडबाट अदालतका भवन र महत्वपूर्ण दस्तावेजमा भएको क्षतिप्रति दुःख व्यक्त गर्दै, संविधानले तोकेको दायित्वअनुसार शीघ्र अदालत सञ्चालनमा ल्याइने प्रतिबद्धता व्यक्त गरेका छन्।

प्रकाशित मिति : २०८२ भाद्र २६ गते बिहिवार
प्रतिक्रिया दिनुहोस