२०८३ भाद्र १२ गते शुक्रवार | 2026 August 28th Friday

दसैंका लागि अग्रिम टिकट बुकिङ अझै अनिश्चित

काठमाडौं । दसैं नजिकिँदै गर्दा अग्रिम टिकट बुकिङबारे अन्योल देखिएको छ। यातायात व्यवस्था विभागले मंगलबार सरोकारवाला निकायसँग छलफल गर्ने तयारी गरे पनि, जेन-जी आन्दोलनका क्रममा कार्यालयमा आगजनी हुँदा प्रक्रिया रोकिन पुगेको हो।

विभागका सूचना अधिकारी गणेशमानसिं राईले अवस्था सामान्य भएपछि मात्र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयसँग छलफल गरी निर्णय हुने बताए। विगतमा प्रायः १५ दिनअघि अग्रिम टिकट बुकिङ खोलिँदै आएकोमा यसपटक भने स्पष्ट योजना बनेको छैन।

यातायात व्यवसायीहरूले सुरक्षाको प्रत्याभूति नभएसम्म सार्वजनिक यातायात सञ्चालन र अग्रिम बुकिङ खोल्न नसकिने बताएका छन्। अर्कोतर्फ, सडक विभागले दसैंलाई ध्यानमा राखी राजमार्ग र सडकमा समस्या नआओस् भनेर पहिरो पन्छाउने र खाल्डाखुल्डी मर्मत गर्ने काम थालेको जनाएको छ।

प्रकाशित मिति : २०८२ भाद्र २६ गते बिहिवार
प्रतिक्रिया दिनुहोस