२०८३ भाद्र १२ गते शुक्रवार | 2026 August 28th Friday

जेन-जी आन्दोलनमा ३४ को मृत्यु, एक हजारभन्दा बढी घाइतेको उपचार

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जेन-जी आन्दोलनमा परी अहिलेसम्म ३४ जनाको मृत्यु भएको र एक हजारभन्दा बढी घाइते उपचाररत रहेको जनाएको छ।

मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीका अनुसार देशभरका ४१ अस्पतालमा १,३६८ जनाको उपचार भएको छ। हाल ३२१ जना अझै अस्पतालमा भर्ना छन् भने ९४९ जना उपचारपछि घर फर्किसकेका छन्।

सबैभन्दा बढी मृत्यु ट्रमा सेन्टरमा ८ जनाको भएको छ। निजामती कर्मचारी अस्पतालमा ६, भेरी अस्पतालमा ५, एभरेष्ट र फ्रन्टलाइन अस्पतालमा ३–३, अन्य विभिन्न अस्पतालमा समेत मृत्यु पुष्टि भएको मन्त्रालयले जनाएको छ।

प्रकाशित मिति : २०८२ भाद्र २६ गते बिहिवार
प्रतिक्रिया दिनुहोस